सोमबार २१ असोज २०८१

रामेछाप सांस्कृतिक कलाकार समाजको साँस्कृतिक कार्यक्रम

काठमाडौं । रामेछाप सांस्कृतीक कलाकार समाजले बैशाख ९ गते नयाँवर्षको अवसर पारेर काठमाण्डौंमा साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । काठमाडौंको अनामनगरमा आज पत्रकार सम्मेलन गरि बैशाख ९ गते नयाँवर्षको अवसर पारेर सांस्कृतिक कार्यक्रम आयोजना गर्ने बताएका छन् । उक्त दिन कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमक गर्ने बताए ।  साथै सोहि दिन स्रष्टा सम्मान कार्यक्रम गर्ने समेत जानकारी दिएका छन् । प्रत्यक बर्ष जस्तै यस बर्ष पनि स्रष्टा सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई समेत बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको बताए ।  साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने बताए । कार्किले भने स्थानिय तहका जनप्रतिनिधिहरुलाई सम्मान गरि सकेका छौं । बैशाख ९ गते हुने कार्यक्रममा संघिय र प्रदेश प्रतिनिधिहरुलाई सम्मान गर्ने छौं । साथै समाजसेवी र पत्रकारहरुलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।
रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको हो । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन ।
रामेछाप साँस्कृतिक कलाकार समाजले रामेछाप–काठमाडौं साहित्य समाजको सहकार्यमा गर्न लागेको साँस्कृतिक कार्यक्रमको मिडिया पार्टनर रामेछाप –काठमाडौं पत्रकार समाज रहेको छ ।

प्रतिकृया दिनुहोस