सोमबार २१ असोज २०८१

पूर्व सैनिक कार्की नेपाली सेनाबाट सम्मानित

रामेछाप । भुतपुर्व सैनिक टहल बहादुर कार्किलाई नेपाली सेनाले सम्मान गरेको छ । नेपाली सेनाको २६० औँ वार्षिकोत्सव तथा महाशिवरात्रि २०७९ को अवसरमा कार्कीलाई नेपाली सेनाले सम्मान गरेको हो । नेपाली सेनाले बिहीबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति एव उत्कृष्ट प्राकृतिक प्रकोप उद्धार कार्यक्रममा महारथी प्रधान सेनापति प्रभुराम शर्माले कार्कीलाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन । 
नेपाली काँग्रेस रामेछाप नगरपालिका २ देउरालीका सभापति समेत रहेका कार्की भूतपूर्व सैनिक साकोस मन्थली रामेछापका सचिव, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ रामेछापका निवर्तमान सभापति समेत हुन् । 
नेपाली सेनामा सेवारत रहँदा राष्ट्र, तथा संस्थाप्रति सदैव बफादार रहनुका साथै सेवा निवृत्ति पश्चात् पनि नेपाली सेनाप्रति अटल विश्वास, आस्था एवं सद्भावका साथ लागि परेको भन्दै सम्मान गरेको हो । 
कार्कीले नेपाल रेडक्रस सोसाइटी रामेछापसँग सहकार्य गरी बाढी पहिरो, आगलागी, २०७२ सालको भूकम्प र कोभिड–१९ को महामारी जस्ता उदार कार्यका खटिएर प्रेरणा दायी र उदाहरणीय योगदान गरेको भन्दै कार्कीलाई सम्मान गरेको प्रमाण पत्रमा उल्लेख गरेको छ  
 

प्रतिकृया दिनुहोस