सोमबार २१ असोज २०८१

सरकारको दोहोरो चरित्र सह्य हुदैन -विप्लव

काठमाडौं -  नेकपाका महासचिव नेत्रविक्रम चन्दले सरकारको दोहोरो चरित्र सह्य नहुने चेतावनी दिएका छन्।
नेत्रविक्रम चन्दले आफूहरूसँग सहमति पनि गर्ने र घेराबन्दी पनि कुरा सह्य नहुने बताएका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बसेको समाजवादी मोर्चाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा देशको परिस्थिति, समाजवादी मोर्चा, आगामी कामहरूको बारेमा छलफल सुरू भएको बताए। 
नेत्रविक्रम चन्दलाई पक्राउ गर्न अदालतबाट पूर्जी जारी गरिएको छ। उनले सरकारसँगको सहमति र अदालतको पक्राउ पूर्जिबारे समाजवादी मोर्चामा ध्यानाकर्षण गराइएको बताए।
आज साँझ ६ बजे बालुवाटारमा समाजवादी मोर्चाको बैठक  बस्ने नेता चन्दले बताए।
साभार–थाहा खबर

प्रतिकृया दिनुहोस