सोमबार २१ असोज २०८१

ओखलढुंगाको लिखुमा पाँचौं राष्ट्रपति रनिङ शिल्ड जारी

ओखलढुंगा । पाँचौ लिखु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुक्रबार देखी गाम्नाङ्गटारमा शुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा गाउँपालिका भित्रका ८ वटा  माध्यमीक बिद्यालयको सहभागीता रहेको छ । 
वडा नम्बर ६ का वडा अध्यक्ष टिकाराम क्याप्छाकीमगरको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले गत बर्ष केहि कमीकम्जोरी हुदा खेलाडीहरुलाई जिल्ला स्तरिय खेलमा पठाउन नसकेको  भएपनी खेलकुद क्षेत्रको बिकासका लागी निरन्तर काम गर्दै आएको बताए । बताउदै अबको दिनमा त्यस्तो गल्ती नहुने बताए । 
गाउँपालिका अध्यक्ष कार्कीले भने“ गाउँपालिकाको लागी पालिका भित्रको सबै बिद्यालय र खेलाडी बराबर भएको भन्दै कुनै बिद्यालय र बिद्यार्थीलाई सहयोग गर्ने कुनै बिद्यालय र बिद्यार्थीलाई सहयोग नगर्ने भन्ने हुन्न । सबै बिद्यालय र बिद्यार्थीलाई एकरुपता सहयोग हुन्छ । खेल जित्न भन्दा पनी अनुशासनमा रहेर अनुशासित भएर खेल्नु होला ।
साथै गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले सम्पुर्ण बिद्यार्थीहरुलाई खेलमा परिनत गर्न थुर्पै खेल खेलाएर बिद्यार्थीको सर्वाङ्गिक बिकासका लागी खेलाएको भन्दै गाउँपालिका खेलकुदको क्षेत्रको बिकासको लागी अझै लागी पर्ने बताए । 

प्रतिकृया दिनुहोस