सोमबार २१ असोज २०८१

काठमाण्डौं अवतरण गर्न पर्ने बिमान झपा

रामेछाप । नेपालगञ्ज विमानस्थल बाट काठमाण्डौंको लागी उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । काठमाण्डौंमा अवतरण गर्न पर्ने बिमान काठमाण्डौंमा  अवतरण गर्न नसकेपछी झपाको चन्द्रगढी विमानस्थल पुगेको हो ।
आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढ विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।  उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ । भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस