सोमबार २१ असोज २०८१

वरिष्ठ रेडियोकर्मी ताम्राकारको निधन

काठमाडौं ः वरिष्ठ रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ । ताम्राकारको ८६  वर्षको उमेरमा गएराति न्युरो अस्पताल बाँसबारीमा उपचारका क्रममा निधन भएको हो । वि.सं. २०१८ साल देखि रेडियो नेपालमा काम गरेकी ताम्राकार निडर र हक्की स्वभावकी थिइन ्। लामो समयसम्म रेडियो नेपालमा काम गरेकी ताम्राकारको रेडियो पत्रकारितामा अतुलनीय योगदान रहेको छ । उनको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस