सोमबार २१ असोज २०८१

डिभिजन प्रमुख गौतम माथी यौन दुव्र्यवहारको आरोप

रामेछाप । डिभिजन बन कार्यलय रामेछापका प्रमुख रामशरण गौतमलाई यौन दुव्र्यवहारको आरोप लागेको छ । डिभिजन प्रमुख गौतमलाई कर्मचारी लगायत स्थानियले योन दुव्र्यवहार गरेको आरोप लगाएका छन् । 
महिला कर्मचारी लगाएत अन्य महिला माथी शारिरिक सम्पर्को प्रस्ताव टेलिफोन र म्यासेज मार्फत राख्ने । गोप्य अंगहरुमा बिभिन्न बाहनामा छुन कोसिस गर्ने लगायत यौन जन्य कार्य गरेको भन्दै डिभिजन प्रमुख बिरुद्ध उजुरी परेको छ ।
डिभिजन प्रमुख बिरुद्ध उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेश,राष्ट्रिय महिला आयोग, जिल्ला प्रशासन कार्यलय रामेछाप लगाएतमा उजुरी परेको छ । जिल्ला प्रसाशन कार्यलय रामेछापले अहिले अनुसन्धान भइरहेको बताएको छ । अहिले अनुसन्धान हुदै छ । यथार्त के हो अनुसन्धान पछि मात्र थाहा हुन्छ । हामिले उक्त विषयलाई विषेश तरिकाले हेरेका छौं सहायक प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले भने । डिभिजन प्रमुख गौतमले भने हाल अनुशन्धान भइरेको हुदा केहि नबोल्ने बताए । उनले भने अनुसन्धान हुदै छ म अहिले बोल्दीन ।
 

प्रतिकृया दिनुहोस