सोमबार २१ असोज २०८१

पौडी खेल्ने क्रममा सुनकोसी नदिमा डुब्दा रामेछापका श्रेष्ठ बेपत्ता

रामेछाप । पौडी खेल्ने क्रममा सुनकोशी नदिमा डुब्दा रामेछापको लिखुतामाकोशी गाउँपालिकाका वडा नम्बर ६ खिम्ति स्थायी घर भएका ३२ वर्षिय तीर्थ श्रेष्ठ (आर्यन)बेपत्ता भएका छन् । स्थायि घर रामेछापको लिखुतामाकोशी गाउँपालिका ६ खिम्ती भए पनि श्रेष्ठ हाल काठमाडौँमा बसोबास गर्दै आएका थिए ।
उनले सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका वडा नं २ घर भएका २० वर्षका सुमन बस्नेतलाई लियर सोलुखुम्बु हिडेका थिए । सिन्धुलीको पिक्कल गाउँपालिका वडा नं ५ झगरे बेसीमा पुगे पछी सुनकोसी नदिमा उनि पौडी खेल्न छिरेको बताइएको छ ।  श्रेष्ठ पौडि खेल्ने क्रममा नदिमा डुबेर बेपत्ता भएको प्रहरीको भनाई छ । पौडी खेल्ने क्रममा ५ गते शुक्रवार दिउँसो देखि बेपत्ता भएका श्रेष्ठको खाजि कार्य भइरहेको इलाका प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
श्रेष्ठ घटना भएकै स्थानमा पानी भित्रै डुवेको हुनसक्ने भएकाले निकाल्नका लागि दक्ष गोताखोर (पौडी वाज) आवश्यक रहेको प्रहरीको भनाइ छ । यता श्रेष्ठको परिवारले भने छिटो भन्दा छिटो खोजि गरिदिन प्रहरी संग आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस