सोमबार २१ असोज २०८१

जिसस द्वारा वडा सचिबहरुलाई अभिमुखीकरण

रामेछाप । जिल्ला समन्वय समिति रामेछापले गोकुलगंगा गाउँपालिका भित्र सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । गाउँपालिकामा सञ्चालित योजनाहरु संतोषजनक तवरले निर्माण भैरहेको जिल्ला समन्वय समिति रामेछापका इन्जिनियर सम्पद न्यौपानेले बताए ।
 अनुगमन समितिले गोकुलगंगा गाउँपालिकामा सञ्चालित ठुला ६ वटा योजनाहरुको अनुगमन गरेको छ । समन्वयका इन्जिनियर न्यौपानेका अनुसार गाउँपालिका परिसरमा निर्माणधिन प्रशासनिक भवनको काम २० प्रतिशत सम्पन्न भएको छ । संघिय सरकार र स्थानिय तहको लागत साझेदारीमा भवन निर्माण भएको आरण बजेट अभावको कारण हाल रोकिएको छ । एक घर एक धारा कार्यक्रम अन्र्तगत समान खरिद कार्यक्रम अनुसार समान खरिद कार्य सम्पनन भई सकेको छ । समान गाउँपालिकामा रहेको बताए ।
 त्यसैगरी वडा नम्बर ३ भिम्सेन स्थान  आधारभुत बिद्यालयमा कम्पाउण्ड वाल निर्माण र फनिचर ब्यवस्थापनको काम ४० प्रतिशत सम्पन्न भै सकेको बताएका छन् । गाउँपालिकाको केन्द्र भिमसेनथान लालिवकु हुदै वडा नम्बर ६ फर्पु वडा भवन सडक सडकको काम ९० प्रतिशत, वडा नम्बर ६ फर्पुमा रहेको श्रीमावी फर्पुको ल्याण्ड साइड वाल निर्माण ५० प््रतिशत र वडा नम्बर ६ मा निर्माण हुदै गरेको झ्यामकिरी बिद्यालयको भवन निर्माणको काम ३० प्रतिशत सम्पन्न भइ सकेको जानकारी दिएका छन् । उनले भने “ हामीले वडामा सञ्चालित ६ वटा योजनाहरु अनुगमन गर्दा संतोषजनक भेटेका छौं । उहाँहरुलाई केहि प्राविधिक कठिनाइ रहेको अवस्थामा सहजिकरण गर्ने काम गरेका छौं ।
जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको बताइन । उनले भनिन् हामीले उमाकुण्ड गाउँपालिका सकेर गोकुलगंगा गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको अनुगमन गर्दा काम सतोषजनक रहेको पाएका छौं । खासै निर्माणमा समस्या देखिएको छैन् । 
 आज भोलि भर्खर काम शुरु भएको छ । शुरुमा सल्लाह दिदा राम्रो काम हुन सक्छ । केहि समस्या रहेको स्थानमा सल्लाह सुझाब दिएका छौं । पकैं पनि उहाँहरुले हाम्रो सल्लाहलाई सकारात्मक ढंगले लिने छ भन्ने बिश्वास लिएका छौं । कामको अनुगमन निष्पक्ष हुन्छ । अनुगमनको क्रममा देखिएका केहि कमी कम्जोरीहरू सुधार्न सल्लाह दिएका छौं यदि अटेर गरे कानुन अनुसार कार्बाहि हुन्छ । प्रमुख कार्कीले भनिन् .।
त्यस्तै गरि उप्रमुख प्रेमसागर थापाले भने हमीले २० लाख भन्दा माथीको योजनाहरु हेरेर सल्लाह दिदै आएका छौं जसको कारण बिकास निर्माणको कामले गति लिने छ । उपप्रमुख थापाले भने हमाीले उमाकुण्ड  गाउँपालिका पछी गोकुलगंगा गाउँपालिकामा सञ्चालित योजनाहरु हर्यौ सबै योजनाहरु संतोषजनक छ । जिल्ला समन्वयले जिल्लाको ८ वटै पालिकामा रहेका ठुला योजनाहरु हेर्ने लक्ष्य लिएको छ त्यसै अनुसार हामी लागी परेका छौं । 
जिल्ला समन्वय अधिकारी बिनिता भट्टराइले जिल्लामा सञ्चालित २० लाख भन्दा माथीको ठुला योजनाहरुको अनुगमन अनिवार्य रुपमा जिल्ला समन्वय बाट गर्नुपर्ने हुन्छ । सोहि अनुसार हामीले ति योजनाहरुको अवस्था हेरेर सुझब दिदै आएका छौं । जसको कारण निर्माणकार्य मजवुत होस भन्ने हाम्रो लक्षय हो । प्राबिधिकले नबुभेको कुरा बुझाउनका सार्थै सुधार गर्न पर्ने स्थानमा सुधार गर्न समेत सुझाव दिनु भएको छ ।समन्वय अधिकारी भट्टराईले भनिन् ।

प्रतिकृया दिनुहोस